Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

एटिएम मेसिन तोडफोड गर्ने एकजना पक्राउ

एटिएम मेसिन तोडफोड गर्ने एकजना पक्राउ


एटिएम मेसिन तोडफोड गर्ने एकजना पक्राउ

कञ्चनपुर – भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२ दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्ला रहेका छन्।

बुधबार राति ८ः३० बजे जाँदा एटिएम बैंकको मेसिन तोडफोड भएको अवस्थामा फेला परेको थियो। प्रहरीले बैंकमा जडान गरिएको सिसीटिभी क्यामेरामा कैद भएको फुटेजका आधारमा ठकुल्लालाई पक्राउ गरेको हो। पक्राउ परेका ठकुल्लामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

रासस

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ