Logo

मंगलवार, भाद्र ९ गते २०८३

आज काठमाडौंमा हल्कादेखि मध्यम वर्षा हुने

आज काठमाडौंमा हल्कादेखि मध्यम वर्षा हुने


आज काठमाडौंमा हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौं । देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश तथा प्रदेश १ का केही स्थानमा आज बिहान वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।यसैबीच, काठमाडौंमा आज दिनभर मौसममा बदली रहने छ । काठमाडौंमा हल्कादेखि मध्यम वर्षा हुने विभागले जानकारी दिएको छ ।  

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

भारी वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक