Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

युनियन लाइफ इन्स्योरेन्सले असार २४ देखि आईपिओ निष्काशन गर्ने

युनियन लाइफ इन्स्योरेन्सले असार २४ देखि आईपिओ निष्काशन गर्ने


युनियन लाइफ इन्स्योरेन्सले असार २४ देखि आईपिओ निष्काशन गर्ने

युनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ।  कम्पनीले सर्वसाधारणको लागि  ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

जस मध्ये ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीको लागि र ३ लाख २२ ५ सय कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकि रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन हुने छ ।  कम्पनीको आईपिओमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ ।  आवेदन दिदा न्युनतम १० कित्ता र अधिकतम ३२ हजार २ सय ५० कित्ताको लागि दिन सकिने छ । 

 कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १३ गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । 

हाल कम्पनीको जारी पूँजी २ अर्ब १५ करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब १५ करोड पुग्ने छ। 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ