Logo

मंगलवार, भाद्र ९ गते २०८३

निजी क्षेत्रलाई निर्धक्क काम गर्न प्रधानमन्त्री देउवाको आग्रह

निजी क्षेत्रलाई निर्धक्क काम गर्न प्रधानमन्त्री देउवाको आग्रह


निजी क्षेत्रलाई निर्धक्क काम गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले बिहीबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ समक्ष सिंहदरवारमा छुट्टाछुट्टै भेटवार्ता गरेको छ।

अध्यक्ष गोल्छाले नवनियुक्त प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मालाई सो अवसरमा महासंघको तर्फबाट बधाई दिएका थिए।

उक्त भेटमा थिलथिलो भएको मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रलाई माथि उठाउन तत्काल यो क्षेत्रलाई कोभिड खोपमा पहिलो प्राथमिकतामा राख्न, सरकारको बजेटमा समेटिएका निजी क्षेत्रका लागि ल्याइएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन, साना तथा मझौला उद्यम व्यवसायलाई तत्काल स्टिमुलस प्याकेज ल्याउन र लामो समयदेखिको ट्रंक तथा डेडिकेटेड लाइनको समस्या समाधान गर्न जोड
दिए।

अध्यक्ष गोल्छाले कोभिडले थलिएको उद्योग व्यवसायलाई माथि उठाउन आग्रह गरे। अर्थतन्त्रलाई टिकाउन अग्रभागमा रहेर काम गर्ने उद्योगी व्यवसायी र कामदार कर्मचारीलाई खोपमा अनिवार्य व्यवस्था गर्न उनले आग्रह गरे।

उनले भने, ‘सरकारको राजस्वको मुख्य स्रोत निजी क्षेत्र र निजी क्षेत्रद्वारा सिर्जना गरिएको उपक्रमबाट प्राप्त हुने आम्दानी नै हो। हामीले दिएका सुझाव बजेटमा पनि समेटिएका छन्, मौद्रिक नीतिका लागि पनि हाम्रा सुझाव दिएका छौँ। तिनको प्रभावकारी कार्यान्वयन हामीले खोजेका छौँ र त्यसमा सरकारबाट सहयोगको अपेक्षा गरेका छौँ।’

उनका अनुसार अबको एक दशकभित्र मुलुकको अर्थतन्त्र कस्तो हुने भन्ने लक्ष्यसाथ महासंघले नेपाल राष्ट्रिय आर्थिक रणनीतिपत्र २०३० (नेट २०३०) सार्वजनिक गरेको र सरकारले समेत यसको अपनत्व लिइसकेकाले त्यसको कार्यान्वयनमा पनि सहयोग खोजेको छ।

महासंघले नेट २०३० का विषयमा छिट्टै विस्तृत रूपमा जानकारी गराउने पनि अध्यक्ष गोल्छाले प्रतिवद्धता जनाए।महासंघसँगको भेटवार्तामा प्रधानमन्त्री देउवाले समग्र उद्योग व्यवसाय र अर्थतन्त्रको कमजोर अवस्थालाई माथि उठाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै निजी क्षेत्रलाई निर्धक्क काम गर्न अनुरोध गरे।

अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई खोपलगायत आवश्यक कार्यमा आफ्ना तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाउँदै निजी क्षेत्रसँग नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाए।अर्थमन्त्री शर्माले महासंघले दिएका सुझावलाई सहयोग गर्ने र आगामी सहकार्यका लागि छिट्टै विस्तृत छलफल गर्ने आफ्नो योजना रहेको बताए।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक