काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार खोप केन्द्रहरू बढाउन निर्देशन दिएका छन् । खोप केन्द्रमा लामो लाइन देखिएको भन्दै मुख्यसचिव र स्वास्थ्य सचिवलाई खोप केन्द्रहरू बढाउन निर्देशन दिएको प्रधानमन्त्री देउवाको सचिवलायले जनाएको छ । सचिवालयकाअनुसार खोप केन्द्र बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउनसमेत प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक