Logo

बुधवार, भाद्र १० गते २०८३

केही साथी पार्टीमा नबस्न सक्नुहुन्छ तर एकतालाई कसैले रोक्न सक्दैन: नेता ज्ञवाली

केही साथी पार्टीमा नबस्न सक्नुहुन्छ तर एकतालाई कसैले रोक्न सक्दैन: नेता ज्ञवाली


केही साथी पार्टीमा नबस्न सक्नुहुन्छ तर एकतालाई कसैले रोक्न सक्दैन: नेता ज्ञवाली

गुल्मी– नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन्।

उनले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशा अनुसार नै पार्टी एकढिक्का भएर अघि बढ्ने बताए।

प्रेस चौतारी नेपालले आइतबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केही व्यक्तिको अहमताले पार्टीलाई कमजोर बनाउने र गठबन्धन सरकारसँग सहयात्रा गर्दै पार्टी प्रणालीलाई नै कमजोर बनाउने खेल खेलेको टिप्पणी गरे।

नेता ज्ञवालीले अस्वभाविक गठबन्धनबाट निर्माण भएको वर्तमान सरकार निर्माण हुनुमा पनि एमालेभित्रका केही ठूला नेताको मुख्य भूमिका रहेको बताए।

उनले भने, ‘केही साथी पार्टीमा नबस्न सक्नुहुन्छ, उहाँहरुका अभिव्यक्तिका कारण यति पर पुगिसक्नु भएको छ कि खाना खाँदा पानी खाने ठाउँ पनि बाँकी राख्नुभएको छैन,’ ज्ञवालीले भने।

उनले विगतका सबै कमि कमजोरीलाई बिर्सेर पार्टी एक ढिक्का भइ अघि बढने जिकिर गरे।

एमाले सत्तामा बस्नु र प्रतिपक्षमा बस्नु कुनै ठूलो कुरा र नौलो विषय नभएको उल्लेख गर्दै उनले खेलको नियममा रेफ्रीले निष्पक्ष रुपमा फैसला गरेन भने त्यसले विवाद सिर्जना गर्ने बताए।

गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष स्वर्गीय अशोककुमार थापाको निधनमा श्रद्धाञ्जली एवं समवेदना दिन शनिबार गृह जिल्ला पुगेका ज्ञवालीले आजै एमाले पार्टी कार्यालयमा यहाँका नेता तथा कार्यकर्तालाई पार्टीको आन्तरिक विषय र समसामयिक राजतीतिक घटनाक्रमका बारेमा जानकारी गराएका थिए।

रासस

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • ‘स्याफ्रुबेसीदेखि टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन’- अध्यक्ष दावा सिदार वाइबा

    १० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी