Logo

बुधवार, भाद्र १० गते २०८३

निर्मला पन्तको हत्यारालाई कारबाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन

निर्मला पन्तको हत्यारालाई कारबाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन


निर्मला पन्तको हत्यारालाई कारबाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी बालिका निर्मला पन्तको  हत्यामा संलग्न दोषी पत्ता लगाएर तत्काल कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक शैलेश थापालाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री देउवाले आइतबार गृहमन्त्री खाँण र प्रहरी महानिरीक्षक थापालाई बोलाएर निर्मला पन्त हत्या प्रकरणमा हालसम्म भएको अनुसन्धानबारे जानकारी लिएको जनाएका छन्।

‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएकाे छु। चाँडोभन्दा चाँडाे दाेषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्।निर्मलाको हत्या भएको तीन वर्ष पुगसक्दा पनि अहिलसम्म घटनामा संलग्न दोषी पत्ता लाग्न सकेको छैन।

२०७५ साल साउन १० गते साथीको घरबाट फर्कँदा बेपत्ता भएकी निर्मलाको शव भोलिपल्ट स्थानीय उखुबारीमा अर्धनग्न अवस्थामा भेटिएको थियो। निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट थियो।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक