काठमाडौं । बाँकेमा कुटपिट गरी भाइको हत्या गरेको आरोपमा दाजु पक्राउ परेका छन् । आफ्नै भाइ ३८ वर्षीय गणेश सुनारको कुटपिट गरी हत्या गरेको आरोपमा खजुरा गाउँपालिका–२ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरी उनीहरुबीच भएको सामान्य विवादमा गुमानले शुक्रबार राति कुटपिट गर्दा घाइते भइ घरमै बसेको अवस्थामा गणेशको मृत्यु भएको खुलेको छ ।
ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले कुटपिट गर्ने गुमानलाई पक्राउ गरेको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ