Logo

मंगलवार, भाद्र ९ गते २०८३

उज्यालो हुँदै काठमाडौँका मुख्य सडक

उज्यालो हुँदै काठमाडौँका मुख्य सडक


उज्यालो हुँदै काठमाडौँका मुख्य सडक

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले दसैँलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ। कामपाले मुख्य सडकमा करिब रु ३० करोडको लगानीमा एक हजार ७०० थान आधुनिक सडक बत्ती जडान गर्न लागेको हो।

यस कार्यका लागि अहिले बोलपत्र आह्वान गरी बत्ती जडान गर्ने कम्पनी छनोट गरिसकेको कामपा पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिए।

‘अबको केही दिनमा जडान कार्य सुरु हुन्छ, आगामी दसैँलाई लक्षित गरी काम अघि बढाइएको छ’, प्रमुख थापाले भने।

धुलो र हिलोरहित काठमाडौँ बनाउने अभियानमा यसअघि देखि नै सक्रिय रहेको भन्दै कामपाको पहलमा उज्यालो काठमाडौँ महानगर बनाउने अभियानलाई सफल बनाउन लागिएको उनले बताए।

यस आयोजनाको निर्माण कार्यपश्चात् मर्मत गर्नुपर्ने सडक, फुटपाथलगायतको मर्मत कार्य सडक विभागले गर्नेछ। सुरुमा बत्ती जडान कार्य अन्तर्राष्ट्रिय विमानस्थल, तीनकुने, बानेश्वर र कलङ्कीमा गरिनेछ।

त्यसैगरी त्रिपुरेश्वरदेखि लैनचौर हुँदै महाराजगञ्जसम्म बत्ती जडान गरिनेछ। गौशाला–चावहिल बौद्ध हुँदै अन्य मुख्य सडक छेउछाउमा उक्त कार्य सम्पन्न गर्ने कामपाको तयारी रहेको छ।

बत्ती जडान कार्य सम्पन्न भएसँगै रातको समयमा हुने विभिन्न किसिमका आपराधिक घटना नियन्त्रणका लागि ठूलो सहयोग पुग्ने कामपाले विश्वास लिएको छ।

हाल कामपाको मुख्य सडक कालीमाटी, त्रिपुरेश्वर, कलङ्की, बालाजुलगायतका स्थानमा कहीँ बत्ती नै छैन भने भएका केही स्थानमा पनि पर्याप्तरूपमा सडक बत्ती नहुँदा सडक दुर्घटना र अपराधका घटनाहरु घटिरहेका छन्।

रासस

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक