काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको पछिल्लो अवस्थाका लागि देश छोडेर भागेकाहरु नै जिम्मेवार रहेको बताएका छन् । तालिबानको कब्जा भएपछि बाइडेनले राष्ट्रलाई सम्बोधन गर्दै भने अफगानिस्तानका नेताहरु नै जिम्मेवार रहेको बताएका हुन् ।
उनले नेताहरु देश छोडेर भागेका कारण तालिबानले चाँडै अफगानिस्तान कब्जा गर्न सक्ने बताएका छन् । अमेरिकी सैनिकद्वारा प्रशिक्षित अफगान सैनिकले तालिबानसँग लड्न नचाहेको पनि उनले बताएका छन् ।“त्यहाँ स्थिति छिटो परिवर्तन भयो जब अफगान नेताहरुले हतियार राखे र धेरै स्थानमा अफगान सेनाले बिना लडाई हार स्वीकार गर्यो,” उनले भनेका छन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक