Logo

मंगलवार, भाद्र ९ गते २०८३

अष्टलक्ष्मी मुख्यमन्त्री बन्नुको भित्री रहस्य खुल्यो, के भन्छन माधव नेपाल ?

अष्टलक्ष्मी मुख्यमन्त्री बन्नुको भित्री रहस्य खुल्यो, के भन्छन माधव नेपाल ?


अष्टलक्ष्मी मुख्यमन्त्री बन्नुको  भित्री रहस्य खुल्यो, के भन्छन माधव नेपाल ?

नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री सल्लाहमै बनेको खुलासा गरेका छन् ।

चन्द्रागिरीमा केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले शाक्य वागमतीको मुख्यमन्त्री आफ्नै सल्लाहमा बनेको बताएका हुन् ।

‘अष्ट कमरेड सल्लाहले नै मुख्यमन्त्री बन्नुभएको हो । तर अहिले अप्ठेरोमा हुनुहुन्छ’, नेता नेपालले भने, ‘अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका प्रतिनिधिलाई २१ दिनभित्र पार्टी रोज्न पाउने व्यवस्था छ । त्यो व्यवस्था अनुसार उहाँले कुन पार्टी रोज्नुहुन्छ त्यो उहाँकै कुरा हो’, नेपालको भनाइ छ ।

नेपालले त्यसपछि मात्रै वागमती प्रदेश सरकारबारे आफ्नो पार्टीले धारण बनाउने पनि बताए । ‘२१ दिनभित्र रोज्न पाउने व्यवस्था अनुसार त्यो समयभित्र कता रोज्नुहुन्छ, त्यसका आधारमा त्यो सरकारलाई हेर्ने दृष्टिकोण बन्छ’, नेपालले भने । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक