काठमाडौँ – पशुपतिनाथ मन्दिर आउँदो अशोज १ गतेदेखि पूर्ण रुपमा खुला हुने भएको छ ।
कोरोना भाइरसको महामारीका कारण संक्रमण रोकथामका लागि भन्दै लागु भएको निषेधाज्ञाका कारण सर्वसाधारणका लागि बन्द रहेको पशुपतिनाथ मन्दिर खुला गर्ने निर्णय भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापाले जानकारी दिए ।
सदस्य सचिव थापाका अनुसार स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड अनुसार नै मन्दिर दर्शनका लागि खुला गर्ने निर्णय भएको हो ।
अशोज १ गतेदेखि नै पशुपतिमा विशेष पूजा पनि सुरु हुने छ । दर्शनार्थीले तोकिएको रकम तिरेर विशेष पूजा गर्न पाउने छन् । अहिलेसम्म पशुपतिनाथमा नियमित नित्य पूजा मात्रै हुँदै आएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक