Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

प्रियंकाले किन हटाइन् आफ्नो नामबाट श्रीमानको थर ?

प्रियंकाले किन हटाइन् आफ्नो नामबाट श्रीमानको थर ?


प्रियंकाले किन हटाइन् आफ्नो नामबाट श्रीमानको थर ?

मुम्बई । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र पपस्टार निक जोनसबीच सम्बन्धमा चिसोपना आएको चर्चा व्यापक छ । मंगलबार बिहान एक्कासि त्यस किसिमका अनुमान सामाजिक सञ्जाललगायत मिडियामा गरिएको हो ।

प्रियंका र निकको वैवाहिक सम्बन्धमा पूर्णविराम लाग्न लागेको हल्ला पनि चल्यो । प्रियंकाले श्रीमान्को थर हटाएपछि यस्तो हल्ला चलेको हो । प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राम र ट्विटरबाट जोनसको थर हटाएकी छन् ।तर, प्रियंकाले श्रीमान्को मात्रै नभएर आफ्नो पनि थर ट्विटर ह्यान्डलको युजरनेमबाट हटाएकी छन् । बलिउड हंगामाका अनुसार उनले आफ्नो नयाँ प्रोजेक्टका लागि सामाजिक सञ्जालमा आफ्नो पहिलो नाम मात्रै प्रयोग गर्न खोजेकी हुन् । उनकी आमाले पनि प्रियंका र निकबीच ‘डिभोर्स’को हल्लाको खन्डन गरेकी छन् ।

प्रियंकाले नोभेम्बर २२ मा समाजिक सञ्जालबाट थर निकालेकी हुन् । सँगै उनले आफ्नो नयाँ प्रोजेक्ट ‘मेट्रिक्स रेजोरेक्सन’को पोस्टर पनि सार्वजनिक गरेकी छन् । आउँदो डिसेम्बर २२ मा रिलिज मिति तोकिएको यो चलचित्र एचबीओ म्याक्समा रिलिज गरिँदै छ ।

कामना न्यूज

  • मंगलवार, मंसिर ७ २०७८१२:२९:१२
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ