Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

सुपस्टारको युग जान्छ जस्तो लाग्दैन : सलमान

सुपस्टारको युग जान्छ जस्तो लाग्दैन : सलमान


सुपस्टारको युग जान्छ जस्तो लाग्दैन : सलमान

मुम्बई । बलिउडका 'सुपरस्टार' को नाममा अभिनेता सलमान खान पर्छन् । अहिले उनी आफ्नो नयाँ चलचित्र ‘अन्तिमः द फाइनल ट्रुथ’ को प्रचारप्रसारमा व्यस्त छन् । 

चलचित्रको प्रमोसनको क्रममा पत्रकारबाट डिजिटल प्लेटर्फमले ‘सुपरस्टार युगको अन्त्य’ हुन लागेको हो भन्ने जिज्ञासामा सलमानले बोलेका छन् ।

सलमान भन्छन्, “हामी जान्छौँ, कोही अरू आउनेछ । सुपस्टारको युग जान्छ जस्तो मलाई लाग्दैन । यो कहिल्यै पनि जाँदैन । यो सधैँ त्यहाँ रहने छ । तर, अब यो धेरै कुरामा भर पर्नेछ, चलचित्रको रोजाइ, वास्तविक जीवनमा तपाईं कस्तो हुनुहुन्छ र अरू कुरा । यो पूर्ण प्याकेज हो । यो नयाँ पुस्ताको आफ्नै सुपरस्टारडम हुनेछ ।”

सलमानले स्टारहरूको जमाना सकियो भन्ने भनाइ आफूले पछिल्लो चार पुस्तादेखि सुन्दै आइरहेको पनि बताए । “हामी यो नयाँ पुस्तालाई सजिलै लिन दिने छैनौँ । हामी उनीहरूलाई हस्तान्तरण गर्दैनौँ । मेहेनत गर्नुहोस्, हामी ५० प्लसमा पनि मेहेनत गरिरहेका छौँ, तपाईं पनि मेहेनत गर्नुस् ।”

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ