Logo

मंगलवार, भाद्र ९ गते २०८३

कोरोनाको नयाँ भेरियन्ट 'अहिलेसम्मकै खतरनाक', धेरै देश यात्रामा कडाइ गर्दै

कोरोनाको नयाँ भेरियन्ट 'अहिलेसम्मकै खतरनाक', धेरै देश यात्रामा कडाइ गर्दै


कोरोनाको नयाँ भेरियन्ट 'अहिलेसम्मकै खतरनाक', धेरै देश यात्रामा कडाइ गर्दै

रोयटर्स । कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेसँगै विभिन्न देशहरूले यात्रामा कडाइ गरेका छन् । दक्षिण अफ्रिकामा बिहीबार तीव्र रूपमा फैलिरहेको नयाँ भेरियन्ट पत्ता लागेको थियो ।

नयाँ पत्ता लागेको बी.१.१.५२९ भेरियन्ट अहिलेसम्मकै खतरनाक भएको बताइएको छ । यो यसअघि फैलिएका अन्य भेरियन्टहरूभन्दा धेरै भिन्न र उत्परिवर्तनको अस्वाभाविक समूह देखिएको दक्षिण अफ्रिकास्थित सेन्टर फ इपिडेमिक रेस्पोन्स एन्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलिओ डी ओलिभयराले बताए ।

नयाँ भेरियन्टविरुद्ध अहिले भइरहेका खोपहरू कम प्रभावकारी हुने चिन्ताकाबीच यसलाई फैलन नदिन विभिन्न देशहरूले कडाइ गरेका हुन् ।बेलायतले दक्षिण अफ्रिका सहित ६ अफ्रिकी मुलुकहरूको उडान निलम्बन गरेको छ र ती मुलुकहरूबाट फर्किने यात्रुलाई क्वारेन्टिनमा बस्न भनेको छ ।यसैबीच, युरोपेली आयोगकी अध्यक्षे उर्सुला भोन डेर लियनले इयुले पनि त्यस क्षेत्रबाट हुने हवाइ यात्रा रोक्ने लक्ष्य राखेको बताएकी छन् ।

भारतले पनि दक्षिण अफ्रिका र अन्य जोखिममा रहेका मुलुकहरूबाट आएका यात्रुहरूलाई कडाइपूर्वक परीक्षण गर्न सबै राज्यहरूलाई ‘एडभाइजरी’ जारी गरेको छ ।सिंगापुरको स्वास्थ्य मन्त्रालयले त्यस क्षेत्रबाट हुने आगमनमा प्रतिबन्ध लगाउन सक्ने बताएको छ । जापानले पनि दक्षिण अफ्रिका र अन्य पाँच अफ्रिकी मुलुकहरूको यात्रुहरूलाई कडाइ गरेको छ ।

वैज्ञानिकहरूले नयाँ भेरियन्टको बारेमा अध्ययन गरिरहेका छन् । तर, यस खबरले विश्वव्यापी स्टक र तेल बजारलाई धक्का दिएको छ ।नयाँ भेरियन्टको बारेमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले छलफल गर्दैछ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक