आज सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९१ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार १ सय पुगेको छ ।
तेजाबी सुनको भाउ पनि तोलामा २ सयले नै बढेर ९१ हजार ६ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ९६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ५३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ३७ रुपैयाँ ५० कायम गरेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक