नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको छैटौँ महाधिवेशन नोभेम्बर २८ तारिख आईतबारका दिन दक्षिण कोरियाको राजधानी सौलमा सर्वसम्मत रूपमा २५ सदस्यीय कार्यसमिति सर्बसहमतिमा चयन भएको छ। उक्त अधिबेसनबाट सभापतिमा भजिन्द्र क्षेत्री निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचित पदाधिकारीहरुमा सभापति भजीन्द्र ब.क्षेत्री, उप-सभापतिमा लक्ष्मण दाहाल र जितेन्द्र महता, महामन्त्री,राम प्रसाद उप्रेती र मित्र बन्धु काफ्ले, सह-महामन्त्री विकास मल्ल र फर्सुराम पौडेल एंब सदस्यहरु खुल्लामा रुपेश कंडेल, दिल ब. मडै, प्रकाश देवकोटा, बालकृष्ण बान्तावा, महेश ब.महरा, सुरेश उप्रेती, हेमन्त शाह र सदस्य ( क्षेत्रको आरक्षित कोटामा ) क्षेत्र नम्बर १ प्रेम सागर पौडेल, क्षेत्र नम्बर २ तुलस कुमार गुरुङ, क्षेत्र नम्बर ३ भरतमणि पाण्डे, क्षेत्र, नम्बर ४ जित कुँवर, क्षेत्र नम्बर ५ गोविन्द शर्मा, क्षेत्र नम्बर ६, कमल कुमार लिम्बु, क्षेत्र नम्बर ७ हिमाल पौडेल र क्षेत्र नम्बर ८ बाट युवराज अम्गाई रहेका छन्।

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको छैटौँ महाधिवेशनलाई बिश्ववकै नमुना अधिबेसनको रूपमा लिएको छ। निवर्तमान सभापति आस्था बिन्दु मल्लले भजिन्द्र क्षेत्रीलाई समर्थन गरेपछि जनसम्पर्क समिति दक्षिण कोरियाको अधिबेसन सौहार्दपुर्ण वातावरणमा सर्बसहमतिले सम्पन्न भएको हो।
लामो समय देखि दक्षिण कोरिया लाई कर्मथलो बनाउदै आएका भजिन्द्र क्षेत्री कोरियामा विभिन्न समाजिक क्षेत्रमा क्रियाशील नेत्रृत्वमा रहनुका साथै नेपाली काँग्रेसको राजनीतिमा पनि अति सक्रिय उनी नेपाली कांग्रेसको महासमिति सदस्य समेत हुन। उनलाई कुशल नेतृत्व दिन सक्ने नेताको रूपमा हेरिएको छ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ