Logo

मंगलवार, भाद्र ९ गते २०८३

अमेरिकामा कम्तीमा ३० वटा टोर्नाडो : कम्तीमा ८४ जनाको मृत्यु

अमेरिकामा कम्तीमा ३० वटा टोर्नाडो : कम्तीमा ८४ जनाको मृत्यु


अमेरिकामा कम्तीमा ३० वटा टोर्नाडो : कम्तीमा ८४ जनाको मृत्यु

अमेरिकाको केन्टकीसहितका ६ राज्यमा कम्तीमा ३० वटा टोर्नाडोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। केन्टकीमा कम्तीमा ७० सहित अहिलेसम्म कम्तीमा ८४ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

टोर्नाडोका कारण केन्टकी, अर्कान्सा, इलिनोइ, मिजुरी, मिसिसिपी र टेनिसीमा जनजीवन प्रभावित भएको छ। यी राज्यमा स्थानीय समयअनुसार शुक्रबार अबेर राति तथा शनिबार बिहान टोर्नाडोले क्षति गरेको हो।

इलनोइमा ६, टेनिसीमा ४ तथा मिजुरी र अर्कान्सामा दुई–दुईजनाको ज्यान गएको सिएनएनले उल्लेख गरेको छ।

मृत्यु हुनेको संख्या १०० भन्दा बढी पुग्ने अनुमान गरिएको छ। टोर्नाडोले मैनबत्ती उद्योगसहितलाई ध्वस्त पारेको छ। भत्किएका भग्नावशेषहरुमा उद्धारकर्मीले फसेकाहरुको खोजी गरिरहेका छन्।

केन्टकीको मेफिल्ड टाउन टोर्नाडोका कारण सबैभन्दा धेरै प्रभावित भएको छ। टोर्नाडोका कारण १०० भन्दा बढी उद्योगमा असर परेको छ।

४० जनाभन्दा धेरैको उद्धार गरिएको केन्टकीका गभर्नरले बताएका छन्। टोर्नाडोका कारण विद्युत तथा पानी सेवा प्रभावित भएको छ। दशौँ हजार मानिस पानी तथा बिजुलीको अभावमा छन्।

राष्ट्रपति जो बाइडेनले टोर्नाडोबाट प्रभावित भएकाहरुको सहयोगका लागि सक्दो सहयोग गर्ने बताएका छन्। उनले टोर्नाडोलाई लिएर फेडरल इमर्जेन्सी डिजास्टर डिक्लरेसनमा हस्ताक्षर गरेका छन्।

योसँगै टोर्नाडोका कारण नराम्रोसँग प्रभावित भएको केन्टकीका लागि संघीय सहयोग पुग्ने भएको छ। अमेरिकाको इतिहासमा हालको टोर्नाडो भयानकहरुमध्ये एक रहेको बताइएको छ।

तस्बिर: गेट्टी इमेज

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक