आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको ९३ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९३ हजार १ सयमा आईपुगेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा २ सयले नै घटेर ९२ हजार ६ सयमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ८२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ३९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८० रुपैयाँ कायम गरेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक