काठमाडौँ – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बुधबार बस्दैछ। संसद बैठकअघि माओवादीले दलको बैठक बोलाएको हो।
दलको कार्यालयमा बिहान १० बजे बैठक बस्ने माओवादीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिएका छन्। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
संसद बैठकमा एमसिसी पेश हुने सम्भावना छ। माओवादी दलको बैठकमा संसद बैठक र त्यसमा पार्टीको भूमिकाबारे छलफल हुने जनाइएको छ। दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा राजनीतिक परिवेश र पार्टीको अडानबारे जानकारी गराउने छन्।एमसिसीलाई लिएर माओवादीभित्र विवाद छ। प्रचण्डले एमसिसीलाई पत्र लेखेर पारित गर्ने बताए पनि नेताहरु भने जनमत एमसिसीविरुद्ध रहेको भन्दै विपक्षमा देखिएका छन्।
१० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी