आज बुधबार सुन इतिहासकै महँगो भएको छ । मंगलबार तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार तोलामा २५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । सुनको यो भाउ हालसम्मकै उच्च हो ।
आज तेजाबी सुनको भाउ पनि तोलामा २५ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ९० हजार ४ सय ५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ९० हजार २० रुपैयाँ कायम गरेको छ ।