आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार रुपैयाँ पुगेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला ७ सय रुपैयाँले नै बढेर तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको भाउ ८३ हजार ५९० रुपैयाँ कायम गरेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक