काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
एक लाख ६६ हजार ३१३ मतगणना हुँदा बालेनको पक्षमा ५४ हजार २१३ मत खसेको छ । दोस्रो स्थानमा उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३४ हजार १८० मत प्राप्त गरेकी छन् । तेस्रो स्थानमा रहेका एमालेका मेयर उमेदवार केशव स्थापितको पक्षमा ३३ हजार ६०९ मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार ६ हजार ५३२ मत बदर भएको छ ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण