काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज संघीय संसदमा सम्बोधन गर्ने भएका छन्।
रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रम देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका हुन्।
सरकारले १५ जेठमा संसदमा बजेट प्रस्तुत गरेको थियो । बजेटमाथिको छलफल सकिएपछि मन्त्रीहरुले जवाफ दिइरहेका हुन्। बिहीबार नै अर्थमन्त्री जनार्दन शर्माले पनि संसदमा जवाफ दिने छन्।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक