आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८ सय रुपैयाँ पुगेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला ५ सय रुपैयाँले नै बढेर तोलाको ९७ हजार ३ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार ८५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार ४२० रुपैयाँ कायम गरेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक