Logo

मंगलवार, भाद्र ९ गते २०८३

चीनमा प्रचण्ड गर्मी, सचेत रहन दिइयाे चेतावनी

चीनमा प्रचण्ड गर्मी, सचेत रहन दिइयाे चेतावनी


चीनमा प्रचण्ड गर्मी, सचेत रहन दिइयाे चेतावनी

एजेन्सी- प्रचण्ड गर्मी बढेसँगै चीनको राष्ट्रिय वेधशालाले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी गरेको छ। तातो वायुको प्रवाह व्यापक भएपछि वेधशालाले आज त्यस्तो चेतावनी जारी गरेको हो।

आइतबार दिउँसो सिन्जियाङ, शान्सी, हेबेई, बेइजिङ, हुबेई र अन्य क्षेत्रहरूमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने अनुमान राष्ट्रिय मौसम विज्ञान केन्द्रले गरेको छ।शान्सी र झेजियाङका केही भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने उक्त केन्द्रले जनाएको छ।

केन्द्रले दिउँसो उच्च तापक्रम हुने भएकाले घरबाहिरका गतिविधिमा संलग्न नहुन तथा लामो समयसम्म बाहिर काम गर्नुपर्ने कामदारहरूलाई आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्न सुझाव दिएको छ। चीनले मौसम चेतावनी प्रणालीमा चारकिसिमका रङ्गको प्रयोग गर्दै आएको छ।

मौसमसम्बन्धी गम्भीर चेतावनी दिन चीनले रातो, सुन्तले, पहेँलो र नीलो रङलाई प्रतीकात्मक रूपमा प्रयोग गर्दै आएको छ। आज जारी गरेको चेतावनी केही कम गम्भीर प्रकृतिको हो।

रासस

कामना न्यूज

  • आइतवार, श्रावण १ २०७९१२:२२:०४
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक