Logo

मंगलवार, भाद्र ९ गते २०८३

महानगरभित्रै फाेहाेरकाे राजनीति भयाे, सरकार नै फोहाेर व्यवस्थापनमा लाग्नुपर्छ: गगन थापा

महानगरभित्रै फाेहाेरकाे राजनीति भयाे, सरकार नै फोहाेर व्यवस्थापनमा लाग्नुपर्छ: गगन थापा


महानगरभित्रै फाेहाेरकाे राजनीति भयाे, सरकार नै फोहाेर व्यवस्थापनमा लाग्नुपर्छ: गगन थापा

काठमाडाैँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडाैँ महानगरभित्रै फाेहाेरकाे राजनीति भएकाे आराेप लगाएका छन्।

काठमाडौँ महानगरपालिका-८ एकाइ समितिद्वारा आयोजित क्रियाशील सदस्यसँग अन्तर्क्रिया कार्यक्रममा फाेहाेरकाे प्रसंगमा बोल्दै उनले महानगरभित्रै फाेहाेरकाे राजनीति भएकाे र सरकारले नै फाेहाेर व्यवस्थापना मुख्य भूमिका खेल्नुपर्ने बताएका हुन्।

अन्तर्क्रिया कार्यक्रममा उनले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भातृ सङ्गठनलाई चुस्तदुरूस्तरूपमा अगाडि बढाउन आग्रह गरेका छन्। उनले भातृ सङ्गठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताएका हुन्।संसद्मा जल्दाबल्दा विषयवस्तुप्रति कांग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने जनाउँदै उनले युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेकोसमेत सुनाए।

बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नेतृत्वले पार्टीभित्रै रहेर पनि फरकमत राख्ने नेता, कार्यकर्तालाई समेट्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक