Logo

बुधवार, भाद्र १० गते २०८३

प्रधानमन्त्री देउवाले बर्खास्त गरे जसपाका चार मन्त्री

प्रधानमन्त्री देउवाले बर्खास्त गरे जसपाका चार मन्त्री


प्रधानमन्त्री देउवाले बर्खास्त गरे जसपाका चार मन्त्री

२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी ९जसपा०का चार मन्त्रीलाई बर्खास्त गरेका छन् । जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएका हुन् ।

सत्ता गठबन्धनमा रहेको जसपाले २२ असोजमा एमालेसँग चुनावी तालमेलको सहमति गरेको थियो । तर मन्त्रीहरूले भने राजीनामा दिएका थिएनन् ।
सत्ता गठबन्धनका नेताहरूले जसपाका मन्त्रीहरू हटाउनुपर्ने पक्षमा थिए ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चार वटै मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोकेकी छन् ।

कामना न्यूज

  • बिहिवार, आश्विन २७ २०७९०६:१८:३८
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण