Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

दक्षिण अफ्रिकाद्वारा भारत पराजित

दक्षिण अफ्रिकाद्वारा भारत पराजित


दक्षिण अफ्रिकाद्वारा भारत पराजित

काठमाडौँ – अस्ट्रेलियामा जारी टी–२० विश्वकप अन्तर्गत समूह–२ को आफ्नो तेस्रो खेलमा भारतले पहिलो हार व्यहोरेको छ। पर्थमा भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले पराजित गर्‍यो।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रनको सामान्य स्कोर बनाएको थियो। भारतका लागि सूर्यकुमार यादवले ४० बलमा ६८ रनको स्कोर बनाउँदा कप्तान रोहित शर्माले १५ रन बनाए। त्यस्तै विराट कोहलीले १२ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।दक्षिण अफ्रिकाका लागि लुङ्गी एनगिडीले ४ विकेट लिँदा वेनी पेर्नेलले ३ विकेट लिएका थिए।

१ सय ३४ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको दक्षिण अफ्रिकाले २ बल बाँकी हुँदा ५ विकेट गुमाएर पुरा गर्‍यो। दक्षिण अफ्रिकाको जितमा डेभिड मिलरले ५९ रनको नटआउट अर्धशतकीय इनिङ खेले।

त्यस्तै एडन मार्क्रमले ५२ रन बनाउँदा दक्षिण अफ्रिकाको सुरुवात भने खराब रहेको थियो। ३ रनमा दुई विकेट गुमाएको उसका लागि मध्यक्रममा रहेका मार्क्रम र मिलरले टिमको जित निश्चित गरेका थिए। थप दोहोरो स्कोरका रुपमा कप्तान टेम्बा बाभुमाले १० रन बनाएका थिए।

भारतका अर्शदीप सिंहले २ विकेट लिँदा मोहम्मद शामी, हार्दिक पाण्ड्या र रवीचन्द्रन आश्विनले समान १ विकेट लिएका थिए।जितसँगै दक्षिण अफ्रिकाले सेमिफाइनल सम्भावना बलियो बनाएको छ। 

कामना न्यूज

  • सोमवार, कार्तिक १४ २०७९०६:१७:३९
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ