काठमाडौं । एड्रियन राबियोट र निकोलो फागोलीको गोलमा युभेन्टसले आइतबार राति इटालियन सिरी ‘ए’मा इन्टर मिलानलाई २–० ले पराजित गरेको छ ।
युभेन्टसले घरेलु मैदानमा राबियोटले ५२औँ मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो । ६३औँ मिनेटमा युभेन्टसका ड्यानिलोले अग्रता दोब्बर बनाएका थिए । तर, उनले गरेको गोललाई भिडियो सहायक रेफ्री (भीएआर)ले मान्यता दिएन । खेल सकिन ६ मिनेट बाँकी हुँदा फागोलीले अर्को गोल थपेपछि युभेन्टसको जित पक्का भएको थियो ।जितपछि १३ खेलबाट २५ अंक जोडेको युभेन्टस पाँचौँ स्थानमा छ । जुन शीर्ष स्थानको नेपोलीभन्दा १० अंकले पछाडि हो । पराजित इन्टर २४ अंकका साथ सातौँ स्थानमा छ ।
इटालियन सिरी ‘ए’को अन्य खेलमा पाँचौँ स्थानको एएस रोमा लाजियोसँग १–० ले पराजित भयो । जितपछि लाजियो २७ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । रोमा भने २५ अंकका साथ छैटौँ स्थानमा छ । अन्य खेलमा ११औँ स्थानको फियोरेन्टिनाले रेलिगेशन क्षेत्रमा रहेको साम्पडोरियालाई २–० ले हरायो । १५औँ स्थानको मोन्जाले पुछारको टिम हेलास भेरोनालाई २–० ले हरायो ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ