Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

नेपाल टी-ट्वान्टी लिग : विजेताले ५५ लाख पाउने

नेपाल टी-ट्वान्टी लिग : विजेताले ५५ लाख पाउने


नेपाल टी-ट्वान्टी लिग : विजेताले ५५ लाख पाउने

काठमाडौँ- शनिबारबाट सुरु हुने पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिगको उपाधि विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) द्वारा शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनका क्रममा लिगको विजेताले ५५ लाख पाउने जनाइएको हो ।

प्रतियोगिताको उपविजेताले भने ३० लाख पाउने छ । त्यसैगरी, तेस्रोले १० लाख तथा चौथों हुनेले ५ लाख पाउने भएका छन् । प्रतियोगिताको प्लेयर अफ द टुनामेन्टले ५ लाख तथा हरेक खेलको प्लेयर अफ द म्याचले ४० हजार प्राप्त गर्ने भएका छन् ।त्रिवि क्रिकेट मैदानमा शनिबारबाट सुरु हुने पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ