म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शीर्ष स्थाना रहेको आर्सनलसँगको अङ्क दुरी केही कम गरेको छ।
बिहीबार राति स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई १-० ले पराजित गर्दै सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंक दुरी ५ अंकमा झारेको हो।पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा रिहाद महारेजले गरेको एकमात्र गोल निर्णायक बन्यो। सिटीलाई अग्रता दिलाउने क्रममा महारेजले ज्याक ग्रिलिसको क्रसलाई सदुपयोग गरेका थिए। हारपछि चेल्सीको शीर्ष चारको सम्भावना कमजोर बन्दै गएको छ।
चेल्सीले पनि गोलका केही राम्रा मौका सिर्जना गरेपनि असफल भयो। क्यार्नी चुक्वाउमेकाले गरेको प्रहार पोलमा लाग्दा चेल्सिले गोलको मौका चुकाएको थियो। सिटीले ३ सट टार्गेटा राख्दा २ सट चेल्सीले टार्गेटमा राखेको थियो।जितपछि सिटीको १७ खेलबाट ३९ अंक बनाएर दोस्रो स्थानमा कायम छ। चेल्सी भने २५ अंकका साथ १० औँ स्थानमा रहेको छ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ