Logo

बुधवार, भाद्र १० गते २०८३

लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने


लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडाैँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ।

यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई लाेसपाले पनि विश्वासकाे मत दिने निर्णय गरेकाे हाे।

यसअघि, प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा सहभागी नभएको नेकपा एकीकृत समाजवादीले पनि विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको छ।प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै छन्।

प्रधानमन्त्री नियुक्त भएकाे ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासकाे मत ल्याउनुपर्ने प्रावधान अनुसार उनले आज संसदबाट विश्वासकाे मत लिन लागेका हुन्।विश्वासकाे मत लिनका लागि प्रधानमन्त्री प्रचण्डले १३८ सांसदको समर्थन लिनुपर्ने हुन्छ ।

यता, प्रमुख राजनीतिक दल नेपाली कांग्रेसले भने प्रचण्डलाई विश्वासकाे मत दिने/नदिनेबारे निरन्तर छलफल गरिरहेकाे छ। यही टुङ्गाे लगाउन यतिबेला पनि कांग्रेसकाे कार्यसम्पादन समितिकाे बैठक जारी छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण