आज शुक्रबार सुनको भाउ बढेको छ। हिजो बिहिबार तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँ पुगेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा ५ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८९ हजार ८० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको भाउ ८८ हजार ६ सय ५० रुपैयाँ कायम गरेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक