Logo

बुधवार, भाद्र १० गते २०८३

मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, नयाँ मन्त्रीहरूको शपथ मंगलबार दिउँसो १ बजे

मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, नयाँ मन्त्रीहरूको शपथ मंगलबार दिउँसो १ बजे


मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, नयाँ मन्त्रीहरूको शपथ मंगलबार दिउँसो १ बजे

काठमाडौं । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागेको छ । सोमबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएको हो । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार भोलि (मंगलबार) नै नयाँ मन्त्री नियुक्त हुनेछन् । नयाँ मन्त्रीहरूको शपथ पनि मंगलबार नै हुने उनले बताए । शपथ दिउँसो मंगलबार १ बजे हुने तय गरिएको छ । 

दलहरूबीच भएको सहमति अनुसार नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । नेकपा (एमाले)ले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राप्रपाले पनि तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछ । जनमत पार्टीले एक मन्त्री पाउनेछ ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण