काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुनले प्रत्याभूति गरेका विषयहरु पूर्णरुपमा अवलम्बन गर्न अझै बाँकी रहेको बताएकी छन्।
राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रहसमेत गरिन्।शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले महिलामाथि हुने सबै प्रकारणको हिंसा अन्त्य हुन नसक्नुको कारणको खोजी गर्नुपर्नेमा पनि जोड दिइन्।
उनले स्वास्थ्य क्षेत्रमा लगानी बढाए पनि अझै पनि सुत्केरी महिलाहरुले उपचारको अभावमा ज्यान जाने अवस्था कायमै रहेको उल्लेख गर्दै चिन्तासमेत व्यक्त गरिन्।राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि पर्याप्त प्रयास गर्नुपर्ने पनि बताइन्।
१० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी