Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

मेसी र एम्बाप्पे अनुपस्थित खेलमा पिएसजी पराजित

मेसी र एम्बाप्पे अनुपस्थित खेलमा पिएसजी पराजित


मेसी र एम्बाप्पे अनुपस्थित खेलमा पिएसजी पराजित

फरवार्डद्धय केलियन एम्बाप्पे र लियोनेल मेसी अनुपस्थित खेलमा शीर्षस्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) मोनाकोसँग स्तब्ध भएको छ।

फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पिएसजी घरेलु टोलीसँग ३-१ ले पराजित भएको हो। 

मोनाकोलाई जिताउन विसाम विन एडरले दुई तथा एलेक्सन्डर गोलोभिनले एक गोल गरे । पिएसजीका वारिन जाइरे इम्रीले एक गोल फर्काएका थिए।  लिग वानमा पिएसजीको यो तेस्रो हार हो।खेलको चौथो मिनेटमा नै एलेक्सन्डर गोलोभिनले गोल गर्दै घरेलु टोलीले अग्रता लिएको थियो। 

१८ औं मिनेटमा विसाम विन एडरले गोल गर्दै मोनाकोको अग्रता दोब्बर पारे। ३९औं मिनेटमा १६ वर्षीय सेन्टरब्याक वारिन जाइरे इम्रीले पिएसजीका लागि गोल गर्दै खेलमा फर्कने संकेत दिए।  

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा विसाम विन एडरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै मोनाकोलाई पहिलो हाफमा ३–१ ले अघि बढाए। दोस्रो हाफमा निकै सुधारिएको प्रदर्शन गरे पनि पिएसजीले मोनाकोको बलियो रक्षा पंतीलाई तोड्न सकेन। बल पोसेसन राख्दै मोनाकोमाथि दवाव बढाए पनि थप गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

यो हारपछि पिएसजीले शीर्षस्थानमा अंक दुरी बढाउने अवसर गुमाएको छ। पिएसजीको २३ खेलबाट ५४ अंक छ। पिएसजीलाई हराएको मोनाकोको २३ खेलबाट ४७ अंक जोड्दै तिस्रो स्थानमा उक्लिएको छ।

यस्तै क्लेरमन्ट फुटलाई हराएको मार्से समान खेलबाट ४९ अंक जोड्दै पिएसजीसँगको अन्तर ५ अंकमा झारेको छ।

कामना न्यूज

  • आइतवार, माघ २९ २०७९०९:३७:१४
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ