Logo

बुधवार, भाद्र १० गते २०८३

सार्वजनिक बिदाका नाममा अराजकता अत्ति भयो -गगन थापा

सार्वजनिक बिदाका नाममा अराजकता अत्ति भयो -गगन थापा


सार्वजनिक बिदाका नाममा अराजकता अत्ति भयो -गगन थापा

काठमाडौं । जनयुद्ध दिवस भन्दै सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वक्तव्य नै जारी गरेका छन् । उनले लहडमा दिने सार्वजनिक बिदा कार्यकारीको स्वेच्छाचारिता भएको भन्दै त्यसलाई रोक्न कानुन निर्माण गर्नुपर्ने बताएका छन् । 

उनले कानुन निर्माणको अग्रसरता अब कांगेसले लिने उल्लेख गरेका छन् । “आज फेरि बिदा !,” आस्चार्य प्रकट गर्दै थापाले भनेका छन्, “पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको छ ।” उनले सत्ताको जोडघटाउदेखि भावावेस र कसैको चित्त बुझाउनका लागि पनि सार्वजनिक बिदा दिइने गरेको भन्दै त्यसलाई रोक्न कानुनी प्रवन्ध नै आवश्यक भएको बताएका छन् । “कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि । झन् प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै बिदा घोषणा गरेका उदाहरण छन्,” थापाले लेखेका छन्, “यो नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज हो । सार्वजनिक बिदाका नाममा यो अराजकता अति भयो !” 

उनले कार्यकारीको स्वेच्छाचारिता रोक्न कानुन बनाएर व्यवस्थित गर्नुपर्ने बताएका छन् । “कार्यकारीको यस्तो स्वेच्छाचारितालाई नियमन गर्न उसैलाई जिम्मा दिनुको के अर्थ ?,” प्रश्न गर्दै थापाले भनेका छन्, “कार्यकारी स्वेच्छाचारितालाई रोक्ने व्यवस्थापिकाले हो । यो विषयमा छुट्टै कानुन बनाएर नियमन र व्यवस्थित गर्दा मात्र यो रोक्न सकिन्छ ।” उनले न्युजिल्यान्ड, जापानलगायत विश्वका थुप्रै देशमा सार्वजनिक बिदा सम्बन्धी कानुन रहेको भन्दै त्यसैका आधारमा बिदा तय गर्दा कार्यकारीको स्वेच्छाचारिता रोकिने उल्लेख गरेका छन् । 

“नेपालमा पनि कानुन बनाएर नियमन नगर्ने हो भने यस्तो स्वेच्छाचारिता झन् बढ्दै जाने निश्चित छ,” थापाले भनेका छन्, “अब संसदमा तत्कालै काम गर्नुपर्ने विषयमा यसलाई राखौँ । सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने ऐन बनाउन सरकारलाई दबाब बढाऔं । अन्यथा सांसदहरू आफैँले कानुन निर्माणको अग्रसरता लिउँ ।” 

उनले यसका लागि नेपाली कांग्रेसले पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् ।
 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण