Logo

मंगलवार, भाद्र ९ गते २०८३

राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लगिँदै

राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लगिँदै


राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लगिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीमा लगिने भएको छ ।  अहिले बिहान साढे ९ बजे श्री एयरको एयर एम्बुलेन्समार्फत् उनलाई दिल्ली लैजान लागिएको हो ।

राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) लैजान लागिएको हो । राष्ट्रपति पौडेलको छाती समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

“उहाँले यसअघि पनि सोही अस्पतालमा चेक गराइरहनुभएको हुँदा र अहिले सोही समस्या लगातार देखिएपछि भारत र नेपालका चिकित्सकको सल्लाहमा भारत लैजाने कुरा भएको हो,” प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक