अमेरिकाका राष्ट्रपति जो बाइडेन आगामी जेठ ५ देखि ७ गतेसम्म जापानको हिरोसिमामा आयोजना हुने जी सेभनका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुने भएका छन्। उक्त घोषणा राष्ट्रपतिको कार्यालयले बुधबार गरेको हो।
शिखर बैठकको कार्यसूची युक्रेन युद्ध, विश्वव्यापी जलवायु तथा खाद्य सङ्कट तथा समावेशी आर्थिक वृद्धि हुने राष्ट्रपति कार्यालयका सञ्चार अधिकृत करिन जीन पियरले एक विज्ञप्ति निकालेर बताएका छन् ।जी सेभनमा बेलायत,क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिका छन्। दोस्रो विश्वयुद्धमा अमेरिकाले आणविक बम खसालेको उक्त स्थानमा हुने शिखर बैठकमा जापानले आणविक निःशस्त्रीकरणलाई मुल मुद्दा बनाउने प्रधानमन्त्री फुमियो किसिदाले बताएका छन्।
जी सेभनको बैठकपछि अमेरिकी राष्ट्रपतिले अष्ट्रेलियको सिड्नीमा हुने अष्ट्रेलिया, भारत, जापान र अमेरिका सदस्य रहेको रणनीतिक सुरक्षा समूह क्वाड नेताहरूको शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको ह्वाइट हाउसले जनाएको छ।
एसिया-प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढ्न नदिन गठित क्वाडको बैठकमा उदीयमान प्रविधि, गुणस्तरीय पूर्वाधार, विश्व स्वास्थ्य, जलवायु परिवर्तन, समुद्री क्षेत्रमा जागरुकता अभिवेृद्धिलगायत विषयमा विचारविमर्श हुनेछ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक