काठमाडौँ – भारतका चर्चित अभिनेता आमिर खान आइतबार काठमाडौँमा आइपुगेका छन्।
खान आज आइतबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन्। उनी भिस्तारा एयरलाइन्सको यूके १५१ विमान यहाँ आएका हुन्।५८ वर्षे खानलाई पूर्वराज्यमन्त्री एवम् उद्योगी रूप ज्याेतिलगायतले विमानस्थलमा स्वागत गरेका हुन्।उनी एयरपोर्टबाट खान सिधैँ बूढानीलकण्ठतिर लागेका छन्। उनको निकट स्रोतका अनुसार उनले त्यहाँस्थित विपश्यना केन्द्रमा उनले १० दिन ध्यान गर्नेछन्।
मिस्टर पर्फेक्सनिष्ट भनेर चिनिएका बलिउड अभिनेता आमिरको फरक छाप र छवि छ। पछिल्लो समय लालसिंह चड्डाले बक्स अफिसमा असफल भएपछि अभिनयबाट टाढा छन् उनी। तर बलिउडलाई उनले कैयौँ हिट फिल्म दिएका छन्। टाइम म्यागेजिनले विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा राखेपछि उनको चर्चा संसारभर भएको थियो।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ