काठमाडौँ – बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रश्नोत्तर गर्दैछन्।
प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो हप्ताको एक घण्टा प्रधानमन्त्रीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्नेछ। नियमावलीले त्यसरी प्रश्न गर्ने सांसदको संख्यामा १५ मा सीमित हुनुपर्ने बाध्यताका कारण पाँच सांसदबीच कसले प्रश्न गर्ने भन्नेमा विवाद भएको छ।प्रवक्ता एकराम गिरीकाअनुसार प्रधानमन्त्रीलाई सोध्ने प्रश्न तीन दिन अगावै संसद सचिवालयमा दर्ता गराउनुपर्ने व्यवस्थाअनुसार २० वटा प्रश्न दर्ता भएका छन्।
जसमा पाँचवटा प्रश्न सदनमा राख्न नपाइने भएकाले संसदमा एक मात्रै सिट भएका र स्वतन्त्रसहित पाँचजना सांसदमध्ये एक जनाले मात्रै पालो पाउनेछन्।जसका कारण सभामुख देवराज घिमिरेले जनमोर्चाका चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, आम जनता पार्टीका प्रभु शाह, स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह र योगेन्द्र मण्डलमध्ये एक जनाले प्रश्न सोध्ने गरी समझदरी गर्न आग्रह गरेका छन्।
पाँचै जनाले प्रश्न दर्ता गराएकाले आफूले नै सोध्न पाउनुपर्ने उनीहरूको माग छ। पाँचमध्ये एक जनाले मात्रै प्रश्न सोध्न विषयमा उनीहरूबीच विवाद भएको हो।दलहरूबीच प्रधानमन्त्रीलाई कांग्रेस र एमालेका तर्फबाट तीन-तीन जनाले प्रश्न गर्ने समझदारी भएको छ।
माओवादीका तर्फबाट दुई जनाले प्रश्न गर्न पाउनेन् भने बाँकी आठजना प्रश्नकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उमुक्ति पार्टी, जनमत पार्टीबाट एक-एक जना हुनेछन्।प्रधानमन्त्रीले एउटा प्रश्नको जवाफ दिएपछि मात्रै अर्को सांसदले प्रश्न गर्न पाउनेछन्।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण