Logo

बुधवार, भाद्र १० गते २०८३

मिचिएको संविधानलाई ट्र्याकमा ल्याउन नागरिकता विधेयक प्रमाणीकरण गरियो : प्रधानमन्त्री

मिचिएको संविधानलाई ट्र्याकमा ल्याउन नागरिकता विधेयक प्रमाणीकरण गरियो : प्रधानमन्त्री


मिचिएको संविधानलाई ट्र्याकमा ल्याउन नागरिकता विधेयक प्रमाणीकरण गरियो : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदमा दुई/दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर तत्कालीन राष्ट्रपतिबाट संविधान मिचिएको बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै उनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधान मिचिएको बताए ।संघीय संसदको दुवै सदनले दु ईपटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको नागरिकता विधेयक रोकेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको बताए । मिचिएको संविधानलाई ट्रयाकमा ल्याउन वर्तमान राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

सरकार परिवर्तनसँग आउने नयाँ सरकारले पूर्ववर्ती सरकारले गरेका कार्यलाई निरन्तरता दिनुपर्ने भन्दै उनले संसद् पनि अविछिन्न उत्तराधिकार संस्था रहेको बताए । 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण