Logo

मंगलवार, भाद्र ९ गते २०८३

माओवादीले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने

माओवादीले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने


माओवादीले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने

काठमाडौ‌ं- नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने भएको छ। बुधबार बिहान पार्टी मुख्यालयमा बसेको स्थायी समिति बैठकले यस्ताे निर्णय गरेकाे हाे।

पार्टीभित्रकै नेताहरूको दबाबका कारण बैठक लाइभ नगर्ने निर्णय भएकाे एक नेताले जानकारी दिए।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ। केन्द्रीय समिति बैठक नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेबाट सुरु हुन लाग‍ेकाे हाे।

केन्द्रीय समितिको बैठकमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गरेपछि अध्यक्ष पुष्पकमल दाहाल ‍’प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।

केन्द्रीय समिति बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ जना वैकल्पिक केन्द्रीय सदस्य, ७५ जना आयोगका सदस्यहरू र १०० जना प्रदेश पदाधिकारीहरू सहभागी हुँदैछन्। कुल ७५८ जना माओवादी नेताहरू बैठकमा सहभागी हुनेछन्।

बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्नका लागि ५-५ मिनेटको समय दिइनेछ।माओवादीले मंगलबार सबै केन्द्रीय सदस्यहरूलाई परिचयपत्र वितरण गरिसकेको छ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक