Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

इन्टर मियामीको जितमा मेसीको गोल

इन्टर मियामीको जितमा मेसीको गोल


इन्टर मियामीको जितमा मेसीको गोल

काठमाडौं । लियोनल मेसीको कप्तानीमा रहेको इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा न्युयोर्क रेड बुल्सलाई २–० ले हराएको छ ।

रेड बुल्सको मैदान रेड बुल एरिनामा भएको खेलमा मियामीलाई जित दिलाउन डिएगो गोमेज र लियोनल मेसीले गोल गरे ।३७औँ मिनेटमा गोमेजले गरेको गोलमा मियामीले पहिलो हाफमा घरेलु टिमविरुद्ध १–० को अग्रता बनाएको थियो ।

यस्तै, खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान मेसीले गोल गरेपछि मियामीले २–० को जित निश्चित गर्‍यो । मेसी ६०औँ मिनेटमा बेन्चबाट मैदान प्रवेश गरेका थिए । इन्टर मियामीका लागि मेसीले नौ खेल खेल्दा यो ११औँ गोल हो ।

जितसँगै मियामी एमएलएसको इस्र्टन कन्पेरेन्सका १४औँ स्थानमा उक्लिएको छ । मियामले २३ खेलबाट २१ अंक जोडेको छ ।

यसै समरमा मेसीलाई भित्र्याएयता इन्टर मियामीले शतप्रतिशत जित निकालेको छ । मेसीको कप्तानीमा लिग्स कपको उपाधि जितेको मियामी यूएस ओपन कपको फाइनलमा छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ