Logo

मंगलवार, भाद्र ९ गते २०८३

चीन र भारत दुवैलाई सन्तुलित रूपले लिइ अगाडि बढ्नुपर्छ: सभापति देउवा

चीन र भारत दुवैलाई सन्तुलित रूपले लिइ अगाडि बढ्नुपर्छ: सभापति देउवा


चीन र भारत दुवैलाई सन्तुलित रूपले लिइ अगाडि बढ्नुपर्छ: सभापति देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले चीन र भारत नै नेपालका सधैंका छिमेकी भएकाले सधैं दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताए।सभापति देउवाले देशले अर्को देशसँग साथी बनाउन सक्ने र छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने बताए।

उनले भने, ‘‍चीन र भारत दुईवटा हाम्रा छिमेकी हुन्, दुवैसँग राम्रो सम्बन्ध राख्नुपर्ने हाम्रो बाध्यता छ। आवश्यकता छ। कोसँग कति बोल्ने कति कुरा राख्ने भन्ने हुन्छ। चीनलाई र भारतलाई दुवैलाई सम्झाउन सकिन्छ। सन्तुलन मिलाएर अघि बढ्नुपर्छ। उनीहरुले भनेको मान्नुपर्छ। सन्तुलन गरेर जानुपर्छ। यसमा नै हाम्रो बुद्धिमता छ। हाम्रा समस्या समाधान गर्नुपर्ने हाम्रो कर्तव्य हो।’सभापति देउवाले सरकार र ब्युरोकेसीबीच एक आपसमा मिलेर मात्रै देश विकास गर्न सकिने पनि बताए।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक