Logo

मंगलवार, भाद्र ९ गते २०८३

वसन्तपुरमा पैदल हिँडेकामा बालेनले दिए राष्ट्रपतिसहित सबै भीआईपीलाई धन्यवाद

वसन्तपुरमा पैदल हिँडेकामा बालेनले दिए राष्ट्रपतिसहित सबै भीआईपीलाई धन्यवाद


वसन्तपुरमा पैदल हिँडेकामा बालेनले दिए राष्ट्रपतिसहित सबै भीआईपीलाई धन्यवाद

काठमाडौँ –  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विश्वसम्पदा क्षेत्रमा सवारीसाधन प्रवेश नगराउन आफूले गरेको आग्रह स्वीकार गरिदिएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेललगायत भीआईपीहरुप्रति आभार व्यक्त गरेका छन्।

मेयर शाहले इन्द्रजात्रा अवलोकनका क्रममा जुद्ध शालिकबाट हनुमानढोका दरबार क्षेत्रसम्म पैदल हिँडिदिएकोमा बिहीबार साँझ सामाजिक सञ्जालमार्फत आभार व्यक्त गरेका हुन्।

बिहीबार इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति पौडेलसहित विशिष्ट व्यक्तिहरु जुद्ध शालिकबाट पैदलै हनुमानढोका दरबार क्षेत्र पुगेका थिए।

‘सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले काठमाडौँ महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल जोन (सवारी साधन निषेधित क्षेत्र) मा सवारी साधन प्रवेश गराइदिनु भएन,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँहरुले जुद्ध शालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भो। हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ।’

उनी अगाडि लेख्छन्, ‘सामान्यजस्तो लागे पनि काठमाडौँका सम्पदा संरक्षणमा यो अर्को फड्को हो। हाम्रो अनुरोधको परिवर्तनलाई स्वीकार गरिदिनु भएकोमा आभारी छौँ। हाम्रो सम्पदा, हाम्रो पहिचान।’

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक