काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्माण सम्पन्न नभइ उद्घाटन गरिहाल्ने प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ रूप मान्दै निरूत्साहितको नीति बनाउनुपर्ने बताएका छन्।
सुन्धारास्थित धरहराको निर्माण पूरा नभएकाले पार्किङ नगराउन भनेर पत्र पठाइएपछि उनले त्यस्तो आक्रोश पोखेका हुन्।
‘आज भन्दा दुई वर्ष ९ महिना २० दिनअगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट सेतो टावर उद्घाटन भयो। सोही उद्घाटनलाई काठमाडौंका तत्कालीन मेयर बिद्यासुन्दर शाक्यले भन्नुभएको थियो–आज एक ऐतिहासिक काम सम्पन्न भएको छ। राणाकालीन अवस्थामा भएको भए केपी ओलि टावर भन्थे। तर केही दिनअगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ– धरहरा निर्माण हुँदैछ। पार्किङ बन्द गर्नू,’ मेयर बालेनले भनेका छन्।
उनले नबनेको भए म ‘बीसौँ तलामा कसरी पुगेँ?’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुनेसमेत टिप्पणी गरेका छन्।
‘संघीय र प्रदेश संसद् तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ। निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृत्तिलाई निरूत्साहित गरौं,’ उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र सहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ।’उनले धरहरामा पार्किङ बन्द नभएको पनि बताएका छन्। महानगरको पहलमा अहिलेको लागि निःशुल्क सञ्चालन भइरहेको पनि बताएका छन्।
‘
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक