Logo

मंगलवार, भाद्र ९ गते २०८३

गठबन्धनको नेता चुनिँदै मोदी

गठबन्धनको नेता चुनिँदै मोदी


गठबन्धनको नेता चुनिँदै मोदी

नयाँ दिल्ली । लोकसभा निर्वाचनपछि सरकार बनाउन बहुमत प्राप्त नेसनल डेमोक्र्याटिक एलायन्स (एनडीए)ले आज बिहान ११ बजे संसदीय दलको बैठक डाकेको छ । उक्त बैठकबाट कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदीय दलको नेता चुन्ने अनुमान गरिएको छ । बैठकमा सहभागी हुन गठबन्धनका नेताहरू दिल्लीतर्फ लागेका जनाइएको छ ।

मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराजसिंह चौहान र गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल एनडीएको बैठकमा सहभागी हुन दिल्ली पुगिसकेका छन् । उक्त बैठकमा थुप्रै राज्यका मुख्यमन्त्री पनि सहभागी हुने जनाइएको छ ।मोदीले गएको बुधबार नै आफ्नो पदबाट राजीनामा दिइसकेका छन् । त्यसपछि राष्ट्रपतिबाट १७औँ लोकसभा भंग गरिएको थियो । नयाँ सरकार नबनुन्जेलसम्म मोदी कार्यवाहक प्रधानमन्त्री हुन् ।

पछिल्लो निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले प्रस्ट बहुमत ल्याउन सकेन । भाजपा २४० सिटमा विजयी भएको छ । एनडीए गठबन्धनले भने २९३ सिट जितेर बहुमत हासिल गरेको छ ।

बीबीसी हिन्दीबाट 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक