टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले आफ्नो अपराजित यात्रा कायम राख्दै सेमिफाइनलमा स्थान बनाएको छ। सोमबार बिहान भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गर्दै समूह ‘२’ को विजेताका रूपमा सेमिफाइनलमा स्थान बनायो। उक्त समूहबाट यसअघि नै इंग्ल्यान्ड सेमिफाइनल प्रवेश गरिसकेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो। जवाफमा १ सय ३६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका वर्षाले प्रभावित भएको खेलमा डिएलएस म्याथोडमा नयाँ लक्ष्यका रूपमा १७ ओभर भित्र १ सय २३ रनको नयाँ लक्ष्य पाएको थियो। उक्त लक्ष्य दक्षिण अफ्रिकाले ५ बल बाँकी हुँदै ७ विकेट गुमाएर पुरा गर्यो।
यो खेलको नतिजासँगै समूह २ बाट सेमिफाइनल पुग्ने समिकरण पुरा भएको छ। दक्षिण अफ्रिका समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गर्दा इंग्ल्यान्ड उपविजेताका रूपमा अन्तिम चारमा रहने छ। अब समूह ‘एक’ बाट सेमिफाइनल पुग्ने टिमको तय आज राति र भोलि बिहान हुने खेलले तय गर्ने छ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ